logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज दिनभर मौसम सफा रहने


अंकुरण खबर
728
Shares

हाल देशभरको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज दिनभर मौसम सफा रहने भए पनि भोलि राति र पर्सि दिउँसो गण्डकी, वागमती र प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रही बाँकी स्थानहरूमा सामान्यतया सफा रहने अनुमान गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी २४ घण्टा देशका धेरै स्थानहरूको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भू-भागमा बिहानीपख हुस्सु लाग्नेछ।

त्यसैले सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु अनुरोध गरिएको छ।