logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

क्रिकेटर सन्दीप लामिछाने अस्पताल भर्ना


अंकुरण खबर
767
Shares

नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेगस्पिनर सन्दीप लामिछाने अस्पताल भर्ना भएका छन् ।

कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेनसमा रहेका लामिछाने श्‍वासप्र‍श्‍वासमा समस्या आएपछि ह्‍याम्स अस्पताल भर्ना भएका हुन् । अस्पताल स्रोतका अनुसार अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

सामान्य लक्षण देखिएपछि परीक्षण गराएका उनलाई शुक्रबार संक्रमण पुष्टि भएको थियो ।