logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नाइजेरियामा खेतमा काम गरिराखेका ११० किसानको घाँटी रेटेर हत्या


अंकुरण खबर
1.17K
Shares

उत्तरपूर्वी नाइजेरियामा इस्लामिक स्टेट आतंकवादी समूह बोको हरामले ११० जना किसानको क्रूर ढंगले हत्या गरेको छ ।

खेतमा काम गरिरहेकाहरुलाई नियन्त्रणमा लिएर हातखुट्टा बाँधी घाँटी रेटेर हत्या गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिराले लेखेको छ ।

घटनास्थलमा सुरुमा ४३ शव फेला परेका थिए । तर पछि थप शव फेला परेर मारिनेहरुको संख्या ११० पुगेको संयुक्त राष्ट्रसंघले जनाएको छ । घटना गत शनिबार भएको हो ।

राष्ट्रसंघीय मानविय संयोजक एडवार्ड क्यालनले मोटरसाइकलमा आएका सशस्त्र समूहले खेतमा काम गरिरहेका किसानमाथि जथाभावी आक्रमण गरेको बताएका छन् ।

घटनमा केही महिला अपहरणमा परेको राष्ट्रसंघको दावी छ । निर्दोष किसानामाथि भएको जघन्य अपराध क्षम्य नहुने सरकारले जनाएको छ ।

राष्ट्रपति बुहारीले सन् २०१५ मा सत्ता सम्हालेपछि नाइजेरियामा हिंसात्मक घटानाहरु निरन्तर बढिरहेका छन् । विद्रोहीको आक्रमणमा परेर गत वर्ष करिब ८ सय सुरक्षाकर्मीको मृत्यु भएको थियो ।