logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दुई अध्यक्षले छाडे हामी जिम्मेवारी पूरा गर्न तयार छौँ : मन्त्री पुन  


अंकुरण खबर
1.222K
Shares

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेकपा र सरकारको नेतृत्व लिन पार्टीको युवा पुस्ता तयार रहेको बताएका छन् ।

रोल्पाको लाकुरीमा सोमबार ३३/११ केभी सबस्टेशनको उद्घाटन समारोहमा मन्त्री पुनले दोस्रो पुस्ता पार्टी र सरकारको नेतृत्व गर्न तयार रहेको बताएका हुन् ।

कार्यक्रममा मन्त्री पुनले दुवै अध्यक्षले सहमतिका साथ अब पार्टी र सरकारको नेतृत्व युवा या दोस्रो पुस्तालाई दिन तयार भएमा आफूहरु नेतृत्व लिन तयार र सक्षम रहेको बताए ।

‘दुवै अध्यक्षले सहमतिका साथ हामीलाई आह्वान गर्नुपर्यो र विधि र पद्धतिमा आधारित रहेर नेतृत्वको अवसर आएमा जिम्मेवारी पूरा गर्न हामी तयार छौँ ‘ मन्त्री पुनले भने। उनले नेकपाभित्रको अहिलेको विवादले केही अफ्ठ्यारो स्थिति पैदा भए पनि पार्टीभित्र छलफल र बहस हुँदा यसले पार्टीलाई नै फाइदा हुने मन्त्री पुनको भनाइ छ ।

बहस हुँदैमा पार्टी फुट्ने या सरकार विघटन हुने चिन्ता लिनु नपर्ने भन्दै मन्त्री पुनले अहिले उठेका बहसलाई निष्कर्षमा पुर्याएर पार्टीलाई थप बलियो बनाउनुपर्नेमा जोड दिए ।