कोरोना भाइरसको संक्रमणबाट पोखरामा एकै दिन चार जनाको मृत्यु भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत तीन जना र चरक मेमोरिय अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु भएको हो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोखरा महानगरपालिका–३ का ६५ वर्षीय पुरूषको उपचारको क्रममा आइतबार दिउँसो ४:३३ बजे मृत्यु भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा। विनोद विन्दु शर्माले बताए।
उनलाई मंसिर ८ गते कोरोना संक्रमण देखिएको थियो। त्यसयता उनी अस्पतालमा उपचाररत थिए ।
त्यस्तै, प्रतिष्ठानमै उपचाररत पोखरा महानगरपालिका–१८ का ५१ वर्षीय पुरूषको गएराति ९:४५ बजे मृत्यु भएको हो । उनलाई मंसिर ११ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
स्याङ्जाको वालिङ नगरपालिका–१४ का ६७ वर्षीय बृद्धको आज बिहान २:१० बजे मृत्यु भएको छ । उनको पनि उपचारका क्रममा प्रतिष्ठानमा मृत्यु भएको हो ।
यसैगरि चरक मेमोरियल अस्पतालमा उपचाररत पोखरा महानगरपालिका–१६ की ५७ वर्षीया महिलाको आज बिहान ४ बजे मृत्यु भएको हो।
उनलाई मंसिर १२ गते कोरोना संक्रमण देखिएको र त्यहिँ दिन अस्पताल भर्ना गरिएको थियो।