logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रामकोटमा १५ शैयाको आधारभूत अस्पतालको सिलान्यास सम्पन्न


अंकुरण खबर
2.99K
Shares

नागार्जुन नगरपालिका वडा नं ७ मा नागार्जुन नगर स्तरीय रामकोट आधारभूत अस्पतालको सिलान्यास गरिएको छ ।

आज देशभर एकसाथ ४०३ वटा अस्पतालको शिलान्यास गर्ने कार्यक्रम अनुसार नागार्जुन ७ इन्द्रायणी पाखामा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदेश त्रिपाठीको  आथित्यमा १५ शैयाको अस्पतालको सिलान्यास गरिएको हो । सिलान्यासको क्रममा मन्त्री त्रिपाठीले कोभिड १९ लक्षित गरि यो अस्पताल निर्माण गरिए पनि अन्य प्राकृतिक जोखिम तथा जुन सुकै बेला पनि यो अस्पतालबाट गुणस्तरीय सेवा दिलाउन सरकार साथमा रहेको बताए । प्रतक्ष्य जनसरोकारको विषय भएकाले पनि यो अस्पताल निर्धारित समयमै सक्न सरोकारवालालाई आग्रह गरे ।

कार्यक्रममा नागार्जुन नगरपालिकाका मेयर मोहन बहादुर बस्नेतले अस्पताल निर्धारित समयमै सम्पन्न गरि नगरबासीलाई सेवा दिने गरि तयार गर्न लागिरहने बताए । त्यस्तै उनले नगरबासीको विकास,संवृद्धि र सहजताको लागि काम गर्न कुनै कसर बाकी नराख्ने बताए । त्यस्तै उपमेयर शुशिला अधिकारीले यस अस्पतालले नगरबासीलाई कोभिडको बेलामा मात्र नभएर सधै गुणस्तरीय,सहज र सुलब सेवा दिनेमा आफु विश्वस्त रहेको बताईन् ।

१८ करोड बजेटमा निर्माण हुन लागेको आधारभूत अस्पताल १ वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि , स्वास्थ क्षेत्रका प्रतिनिधि, स्थानीय र सञ्चारकर्मीको बाक्लो उपस्थिति रहेको थियो ।