logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ब्राजिलमा अमेजनको वन विनाश सन् २००८ यताकै उच्च


अंकुरण खबर
988
Shares

ब्राजिलको अमेजन जंगल फडानी सन् २००८ यताकै सबैभन्दै धेरै भएको देखिएको छ । ब्राजिलको अन्तरिक्ष एजेन्सी ‘इनपे’ को पछिल्लो प्रतिवेदनमा अमेजन रेन फरेस्टमा पछिल्लो बा¥ह वर्ष यताकै सबैभन्दा ठूलो बिनास भैरहेको देखिएको हो ।

सन् २०१९ को अगस्टदेखि २०२० को जुलाइसम्ममा अमेजनको ११ हजार ८८ स्क्वायर किलोमिटर क्षेत्र फडानी भएको छ । यो अघिल्लो वर्षको भन्दा ९ दशमलब ५ प्रतिशत बढि हो ।

ब्राजिलमा जायर बोल्सोनारो सन् २०१९ को जनवरीमा सत्तामा आएसँगै अमेजन जंगल निशानामा आएको भन्दै वैज्ञानिकहरुले चासो र चिन्ता व्यक्त गरेका छन् । विश्वको सबैभन्दा ठूलो रेनफरेस्टमा राष्ट्रपति बोल्सोनारोले कृषि तथा उत्खनन् गतिविधिलाई प्रोत्साहन गर्दै आएका छन् ।

अमेजन ३० लाख प्रजातिका बोटबिरुवा तथा जनावरको आवास क्षेत्र हो । यहाँ अमेजन क्षेत्रमा १० लाख भन्दा बढि आदिवासी समुदायको बसोबास छ । अमेजनलाई विश्वको सबैभन्दा ठूलो अक्सिजन भण्डारका रुपमा लिइन्छ ।

विश्वव्यापी रुपमा बढ्दै गएको तापक्रम नियन्त्रणमा लिनका लागि अमेजनको भूमिका महत्वपूर्ण रहेको जलवायु वैज्ञानिकहरुले बताउँदै आएका छन् । एजेन्सी