logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनचाँदीको मूल्य बढ्यो


अंकुरण खबर
1.3K
Shares

नेपाली बजारमा सुनचाँदीको मूल्य आज उकालो लागेको छ ।

मंगलबार छापावाला सुन तोलामा ५०० रुपैयाँ बढेर ९० हजार ५०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार छापावाला सुन तोलामा ९० हजार रुपैयाँमा कारोबार भएको थियो।

आज तेजाबी सुनको मूल्य पनि ५०० रुपैयाँ बढेर ९० हजार ५० कायम रहेको छ । सोमबार तेजाबी सुन तोलाको ८९ हजार ५५० मा कारोबार भएको थियो।

यस्तै आज चाँदीको मूल्य पनि उकालो लागेको छ। सोमबार ११ सय २० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ११५५ पुगेको छ।