logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपा बैठक बालुवाटारमै, अध्यक्ष ओलीले उठाएका प्रश्नको लिखित जवाफ दिने बहुमत सदस्यको तयारी


अंकुरण खबर
1.495K
Shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक धुम्बाराहीमा नबस्ने भएको छ ।

मंगलबार १ बजेका लागि बोलाइएको बैठक बालुवाटारमै बस्ने भएको हो । यसअघि आजको बैठक पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने निर्णय गरेको थियो ।

मंगलबार बिहान बैठक स्थल पुनः प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार नै सारिएको एक सचिवालय सदस्यले जानकारी दिए ।बैठक स्थल किन सारिएको हो भन्ने बारे खुलाइएको छैन ।

बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसअघिका बैठकहरुमा प्रस्तुत गरेका प्रतिवेदनमाथि छलफल हुँदै छ।

बैठकमा प्रधानमन्त्री ओलीले यसअघि प्रस्तुत गरेको ३८ पृष्ठको दस्तावेजमाथि प्रचण्ड-माधव नेपाल समूहका ५ सचिवालय सदस्यले संयुक्तरुपमा जवाफ दिने तयारी रहेको खुमलटार स्रोतले जनाएको छ ।