भक्तपुरको मध्यपुर ठिमी–४ एसएस चोकनजिकको ट्राफिक आइल्याण्डमा स्कूटर ठोकिदा एक युवाको मृत्यु भएको छ ।
बा७३प ३८२ नम्बरको स्कुटर सोमबार मध्यराति दुर्घटना हुँदा मध्यपुर ठिमी नगरपालिका–९ राधेराधेका २९ वर्षीय राजु तामाङको मृत्यु भएको हो ।
प्रहरीका अनुसार मृतक तामाङ भक्तपुरबाट काठमाडौं आउँदै थिए । दुर्घटनामा गम्भीर घाइते भएका तामाङलाई मध्यपुर अस्पतालमा सामान्य उपचारपछि नर्भिक अस्पताल पुर्याउँदा डाक्टरले मृत घोषणा गरेका थिए।