logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

झापाकी ८२ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु


अंकुरण खबर
1.3K
Shares

कोरोनाभाइरसका कारण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित कोभिड अस्पतालमा एक महिलाको मृत्यु भएको छ ।

मंगलबार बिहान झापाको दमककी ८२ वर्षीय महिला मृत्यु भएको अस्पतालले जनाएको छ । मृर्गौलासम्बन्धी रोग भएकी उनीमा मंसिर ७ गते कोरोना पोजेटिभ भएको थियो भने सोही दिन अस्पतालमा भर्ना भएकी थिइन् ।

उनको शव नियमानुसार व्यवस्थापन गरिएको अस्पतालले जनाएको छ ।