logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दाङका कोरोना संक्रमित पुरुषको मृत्यु


अंकुरण खबर
845
Shares

दाङको तुल्सीपुरका एकजना कोरोना संक्रमितको बुटवलमा मृत्यु भएको छ ।

तुल्सीपुर उपमहानगरपालिका-५ का ५५ वर्षीय पुरुषको कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा मंगलबार बिहान साढे ८ बजे मृत्यु भएको हो ।

मंसिर ११ गते कोरोना संक्रमण पुष्टि भएका पुरुष १४ गते अस्पताल भर्ना भएका अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए ।

प्रदेश स्वास्थ्य निर्देशनालय बुटवलका अनुसार दाङमा कोरोना संक्रमितको मृत्यु हुने संख्या ३१ पुगेको छ । लुम्बिनी प्रदेशमा २९३ जना संक्रमितको मृत्यु भएको छ ।