logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

काठमाडौँमा जुलुस र प्रदर्शन नगर्न प्रशासनको आग्रह


अंकुरण खबर
949
Shares

पछिल्लो केही दिनयता काठमाडौंमा दिनहुँ जुलस, प्रदर्शन हुन थालेपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले यस्ता गतिविधि नगर्न अनुरोध गरेको छ ।

आज एक विज्ञप्ति जारी गर्दै जिप्रका काठमाडौंले भीडभाडजन्य गतिविधि नगर्नरनगराउन अनुरोध गरेको हो ।

जिप्रका काठमाडौंले भनेको छ- ‘पछिल्लो समय जिल्लामा विभिन्न माग राखी राजनीतिक तथा अन्य भिडभाडजन्य गतिविधि जस्तै सभा, जुलुस, प्रदर्शन र अभियान सञ्चालन गरेको भन्ने सूचना प्राप्त हुन आएको र त्यस्ता गतिविधिहरू संक्रमणको स्थितिलाई भयावह बनाउने किसिमका भएको साथै स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० को विपरीत हुने भएकोले त्यस्ता भिडभाडजन्य गतिविधिहरू नगर्नरनगराउन साथै महामारी रोकथाममा सहयोग पुर्‍याउनु हुन सबैमा जिल्ला प्रशासन कार्यालय हार्दिक अनुरोध गर्दछ ।’