logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रेमसम्बन्धलाई विवाहमा परिणत गर्दै राष्ट्रिय फुटबल टोलीकी कप्तान रेनुका


अंकुरण खबर
806
Shares

राष्ट्रिय फुटबल टोलीकी कप्तान रेनुका नगरकोटीले प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेकी छन्।

लामो समयदेखि प्रेम सम्बन्धमा रहेकी रौतहट चपुुरकी रेनुका र जनकपुर शिवबानीका अभिषेक लामाले पारिवारिक सहमतिमा विवाह गर्न लागेका हन्। ७ वर्षदेखि प्रेम सम्बन्धमा रहेका रेनुका र अविशेकले उक्त सम्बन्धलाई मंगलबार विवाहमा परिणत गर्न लागेका हुन्। लामा हाल काठमाडौमा व्यापार गर्दै आएका छन्।

आज आफूहरुले हिन्दु परम्परा अनुसार विवाह गर्न लागेको कप्तान रेनुकाले बताइन्। करिब ८ वर्षदेखि राष्ट्रिय टोलीमा रहेकी रेनुका एपीएफकी समेत सदस्य हुन्।

जर्सी नम्बर ७ मा मैदानमा देखिने रेनुका १३ औं दक्षिण एशियाली खेलकुद (साग), साफ च्याम्पियनसिप र टोकियो ओलम्पिकको दोस्रो चरणसम्म पुग्दा टोलीकी महत्वपूर्ण सदस्य थिइन्।