logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एन्टिजेनबाट परीक्षण सुरु, आधा घण्टामा रिपोर्ट 


अंकुरण खबर
676
Shares

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सोमबारबाट एन्टिजेन विधिबाट कोरोना परीक्षण सुरु गरेको छ।

महाशाखाले उपत्यकालाई ‘हटस्पट’ मान्दै काठमाडौंका विभिन्न स्थानमा सोमबारबाट एन्टिजेन विधि परीक्षण शुरु गरेको हो।

५०० भन्दा बढी केस भएका स्थानलाई हटस्पट मानेर परीक्षण गरिएको महाशाखाले जनाएको छ। पहिलो दिन करीब ७०० जनाको परीक्षण गर्दा ४१ जनाको रिपोर्ट पोजेटिभ आएको छ।

महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेका अनुसार पोजेटिभ रिपोर्ट आएका सबैको पुनः पीसीआर गरेर ‘क्रस’ जाँच गर्ने तयारी गरिएको छ। एन्टिजेन परीक्षणमा ८५ प्रतिशत नतिजा मिल्ने विश्व स्वास्थ्य संगठनको अनुमान छ।

महाशाखाले काठमाडौंको कोटेश्वर, धुम्बाराही, विशालनगर, चाबहिल, मित्रपार्क, बालाजु क्षेत्रमा एन्टिजेन परीक्षण गरिएको डा। पाण्डेले जानकारी दिए।

एन्टिजेनबाट २० देखि बढीमा ३० मिनेटमै रिपोर्ट आउँछ। डा. पाण्डेका अनुसार संक्रमितको सम्पर्कमा आएकालाई स्थानीय तहको सहयोगमा एन्टिजेनबाट परीक्षण गरिने छ। उपत्यकाबाट सुरु भएको परीक्षणलाई देशव्यापी बनाउने निर्देशक पाण्डेले नेपाल समयलाई जानकारी दिए।