logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बाँकेमा दुई समूहबीच झडप, एकको मृत्यु, पाँच घाइते


अंकुरण खबर
936
Shares

बाँकेको जानकी गाउँपालिका–५ स्थित बानियागाउँमा दुई समूहबीच झडप भएको छ।

झडपमा एकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार, झडपमा स्थानीय ५४ वर्षीय धनिराम यादवको मृत्यु भएको छ ।

दुई समूहबीच झडप हुँदा उनी गम्भीर घाइते भएका थिए। उनको नेपालगन्जस्थित नेपालगञ्ज नरसिंह कलेजमा उपचारका क्रममा मृत्यु भएको हो।

सोमबार साँझ पूर्णिमाको अवसरमा लागेको मेलामा दुई समूहबीच भनाभन भएको थियो। विवाद बढ्दै जाँदा झडपको रुपमा लिएको प्रहरीले जनाएको छ।

झडपमा पाँच जना घाइते भएका छन्। उनीहरुको भेरी अस्पताल र नेपालगञ्ज नरसिंह कलेजमा उपचार भइरहेको छ।

झडपमा सहभागी दुवै समूहका १२ जनालाई गएराति नै प्रहरीले नियन्त्रणमा लिएको छ।