logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गुलाब हत्या प्रकरण : प्रहरीमाथि नै थालियो अनुसन्धान


अंकुरण खबर
767
Shares

महोत्तरीको बर्दिबासकी ६ वर्षीया बालिका गुलाब खातुनको अपहरण गरी हत्या भएको प्रकरणमा प्रहरीमाथि नै अनुसन्धान सुरु भएको छ।

बालिका हत्यामा प्रहरीको समेत हात रहेको आरोप लागेपछि जिल्ला प्रहरी कार्यालयले इलाका प्रहरी कार्यालय बर्दिबासका दुई प्रहरीमाथि अनसुसन्धान सुरु गरेको हो।

बालिका हत्यामा सई वीरेन्द्र सिंह र हवल्दार फुलगेन मण्डलको समेत हात रहेको स्थानीयले आारोप लगाएपछि उनीहरु दुवैजनालाई जिल्ला प्रहरी कार्यालय जलेश्वर तानेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर १४ शुभम् वस्तीबाट बेपत्ता भएकी शहीद आलमकी छोरी गुलाब साह खातुनको शव मंसिर ८ गते मध्यरातमा फेला परेको थियो।

मंसिर ६ गते बस्तिबाटै हराएकी उनको शव हत्या गरेर बोरामा राखेर झाडीमा फालेको अवस्थामा फेला परेको थियो ।

बालिका हत्याको आरोपमा अरुण साह पक्राउ परेका छन्। हत्यारामाथि कडा कारबाहीको माग गर्दै स्थानीयले प्रदर्शन गरेका थिए। त्यस क्रममा प्रहरीको गोली लागेर स्थानीय सञ्जय न्यौपानेको ज्यान समेत गएको थियो।