logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा थप १३०४ जनामा कोरोना संक्रमण पुष्टि, २०७३ जना डिस्चार्ज


अंकुरण खबर
1.443K
Shares

नेपालमा थप १३०४  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मंगलबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १३०४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै कोरोना संक्रमितको संख्या २ लाख ३४ हजार ७५६ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार २०७३ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै अहिलेसम्म २ लाख १६ हजार ५९४ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २१ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १५२९  पुगेको छ ।