पछिल्लो २४ घण्टामा थप २ हजार ७३ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।
देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा २ लाख १६ हजार ५ सय ९४ जना संक्रमित उपचारपछि निको भएका छन्।
मन्त्रालयका अनुसार ९२ दशमलब ३ प्रतिशत संक्रमित निको भएर घर फर्किसकेका छन्।