logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बुधबार बस्ने गरी नेकपा सचिवालय बैठक सकियो


अंकुरण खबर
754
Shares

आन्तरिक किचलोमा रुमल्लिएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ ।

प्रधानमन्त्री कार्यालय बालुवाटारमा बसेको केन्द्रीय सचिवालय बैठक बुधबार दिउँसो एक बजे फेरि बालुवाटारमै निरन्तर हुने निर्णयसाथ सकिएको हो।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा पार्टीका महासचिव विष्णु पौडेलको जन्मदिनको अवसरमा केक काटिएको थियो । ६२ वर्षमा प्रवेश गरेका पौडेललाई नेताहरुले केक खुवाएर शुभकामना दिएका थिए।

दिउसो १ बजेदेखि सुरु भएको बैठक झण्डै ३ घण्टा चलेको थियो । आजको बैठकमा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकमा पेश गरेको प्रस्तावमाथि नेताहरुले धारणा राखेका छन् । नेकपा सचिवालयमा पत्रमार्फत् जवाफ दिने सिलसिला जारी छ ।

गत कात्तिक २२ गते प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक डाक्न सहमतिको माग गर्दै ओलीलाई पत्र बुझाएका थिए ।

ओलीले बैठक नडाकी कात्तिक २५ गते पत्र लेखेर जवाफ दिएका थिए । त्यसको प्रत्युत्तरमा प्रचण्डले २८ गते अर्को पत्र बुझाएका थिए । त्यसको जवाफमा मंसिर १३ गते सचिवालय बैठकमा ओलीले अर्को ३८ पृष्ठको दस्तावेज पेश गरेका थिए ।