logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

देशभर १० हजार ९ सय ९८ जना संक्रमित होम आइसोलेसनमा


अंकुरण खबर
585
Shares

देशभर १० हजार भन्दा बढी कोरेना संक्रमित होम आइसोलेसनमा रहेका छन्।

सोमबार १६ हजार ६ सय ३३ जना संक्रिय संक्रमित मध्य १० हजार ९ सय ९८ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाग्मती प्रदेशमा ६ हजार ८ सय ५८ जना होम आइसोलेसनमा छन्।

त्यस्तै प्रदेश १ मा  १७४८, प्रदेश २ मा ३१९, लुम्बिनी प्रदेशमा ७५९, सुदूरपश्चिम प्रदेशमा ४१६, गण्डकी प्रदेशमा ७९१ र कर्णाली प्रदेशमा १०७ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।