logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सालकको खपेटासहित एक जना पक्राउ


अंकुरण खबर
806
Shares

ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका-७ माझिगाउँबाट सालकको खपेटासहित एक जना पक्राउ परेका छन्।

भोजपुरको रामप्रसाद राई गाउँपालिका-१ बस्ने ३५ वर्षीय इच्छाकुमार राई मंगलबार बिहान पक्राउ परेका हुन्।

जिल्लाकै सुनकोशी गाउँपालिका-४ चिउरीबोटबाट भोजपुरतर्फ उक्त सालकको खपेटा लुकाई लैजाँदै गर्दा उनी पक्राउ परेका हुन्। उनको साथबाट करिब एक किलो ५०० ग्राम तौल भएको खपेटा जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी हर्कपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले बरामद गरेको छ।

उनीविरूद्ध प्रहरीले वन्यजन्तु चोरी सिकारी गरेकोसम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको छ।