logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अमेरिकामा एकैदिन एक लाख ७७ हजार बढीमा कोरोना संक्रमण


अंकुरण खबर
676
Shares

अमेरिकामा एकैदिन एक लाख ७७ हजार ४ सय ३ जना संक्रमित थपिएको वल्डोमिटर्सले जनाएको छ ।

यसरी अमेरिकामा कोरोना संक्रमितको संख्या एक करोड ४१ लाख ३ हजार ७ सय २१ पुगेको छ ।

त्यस्तै अमेरिकामा एकैदिन दुई हजार ५ सय ५८ जना संक्रमितको मृत्यु भएको छ । यसरी अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख ७६ हजार ९ सय २३ पुगेको छ ।

अमेरिकामा ८३ लाख ३४ हजार ८ सय ४१ जना संक्रमित उपचारपछि निको भएका छन् भने ५ लाख ४९ हजार९ सय ५७ जना संक्रमित उपचाररत छन् ।