logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज पनि नेकपा सचिवालय बैठक बस्दै


अंकुरण खबर
689
Shares

सत्तारुढ नेकपाको सचिवालय बैठक आज पनि बस्दै छ । बुधबार दिउँसो १ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।

तर, आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी हुने सम्भावना नरहेको नेकपा स्रोतले जनाएको छ ।

मंगलबारको सचिवालय बैठकमै ओलीले आजको बैठकमा सहभागी नहुने संकेत गरेका थि ए। ओलीको असहमतिको बावजुद आज बैठक बस्ने निर्णय नेकपा सचिवालयले हिजै गरेको हो । एक अर्कालाई आरोप प्रत्यारोप गर्दै बैठकमा दुई अध्यक्षका छुट्टाछुट्टै प्रस्ताव पेस भएपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ ।

मंगलबारको बैठकमा ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को प्रस्तावमा छलफल हुन नसक्ने बताएपछि नेताहरुबीच चर्काचर्की परेको थियो । सचिवालयका अधिकांश सदस्यले अध्यक्षद्वयका प्रस्तावमा छलफल हुनुपर्ने अडान लिएपछि रुष्ट बनेका ओलीले सचिवालयका आगामी बैठकमा उपस्थित नहुने सन्देश दिएका छन् ।

प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आजको बैठकमा प्रधानमन्त्री सहभागी हुने नहुने विषय आफ्नो जानकारीमा नभएको बताए ।