logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

आर्थिक लाभ लिएको आरोपमा नेपाल प्रहरीका एसपीद्वय यादव र बस्नेत निलम्बित


अंकुरण खबर
1.573K
Shares

ट्राफिक कार्यालयमा रहँदा अनियमितता गरेको आरोपमा नेपाल प्रहरीका दुई प्रहरी उपरीक्षक (एसपी) र एक इन्स्पेक्टरलाई गृह मन्त्रालयले निलम्बन गरेको छ ।

एसपीद्वय विमल बस्नेत र रामेश्वरप्रसाद यादव तथा इन्स्पेक्टर मेघराज चौरसियालाई प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहले निलम्बन गरेको हो ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय कर्णालीमा हुँदा अनियमितता गरेको खुलेपछि उनीहरूलाई गृहले निलम्बन गरेको प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले बताए । आफूमातहतकै प्रहरी कार्यालयहरूबाट मासिक रूपमा पैसा उठाएको पुष्टि भएपछि प्रहरी प्रधान कार्यालयले कारबाही प्रक्रिया अघि बढाएको हो ।

डिउटीको समयमा होटलमा भेटिएका इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीका तत्कालिन इन्चार्ज डिएसपी भरतबादुर चौधरीलाई पनि गृह मन्त्रालयले निलम्बन गरी कारबाही प्रक्रिया सुरु गरेको छ ।

गत १० मंसिरमा उनी सम्पर्कविहीन भएका थिए । पछि खोज्दा डिउटी छाडेर होटलमा भेटिएका थिए ।