logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओली सहभागी हुने


अंकुरण खबर
676
Shares

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली आजको सचिवालय बैठकमा सहभागी हुने भएका छन् ।

मंगलबारको सचिवालय तनावपूर्ण भएको थियो । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बुधबार १ बजे बैठक बस्ने सूचना दिएका थिए । तर अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली ‘यस्तो बैठक के काम’ भन्दै उठेका थिए ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पनि कार्यव्यस्तता कारण ओली बुधबार बोलाइएको पार्टी सचिवालयको बैठकमा सहभागी नहुने जानकारी दिएका थिए ।

तर आफू निकट नेताहरुसँग भएको छलफलपछि ओली बैठकमा बस्न तयार भएका छन् । अध्यक्ष ओली सचिवालय बैठकमा सहभागी हुने स्थायी कमिटी सदस्य एवम् संसदीय दलका उपनेता सुवास नेम्वाङले बताएका छन् ।