श्रीमतीको मृत्यु भएको २४ घण्टा नबित्दै इलाममा श्रीमानको मृत्यु भएको छ।
महेन्द्र रत्न बहुमुखी क्याम्पसमा कार्यरत डबलसिंह मगरको गए राति मृत्यु भएको हो। उनकी श्रीमती अम्बिकाको १५ गते मृत्यु भएको थियो।
फाकफोकथुम गाउँपालिका–४ का डबलसिंह कोरोना पोजेटिभ भएपछि विराटनगरको नोबेल अस्पतालमा उपचाररत थिए। स्वास्थ्यमा समस्या देखिएपछि विराटनगरको नोबेल अस्पतालमा उपचार गराइरहेका पुरुषको मङ्सिर ८ गते भ्यान्टिलेटरमा राखेर उपचार हुँदै आएको थियो। सोही दिन उनको स्बाव संकलनको रिर्पोट पोजेटिभ आएको थियो।
उपचाररत मगरलाई मङ्सिर १३ भ्यान्टिलेटरबाट निकालिए पनि १५ गते श्वासप्रश्वासमा समस्या र धड्कन अनियन्त्रित भएको अस्पतालले श्रीमतीलाई सुनाएको थियो। अस्पतालबाट आफ्ना श्रीमानको खबर सुनेपछि अप्ठेरो महसुस गरेको श्रीमतीलाई पनि उपचारका लागि अस्पताल पु¥याउँदै गर्दा मृत्यु भएको बताइएको छ।
उपचाररत पुरुषको पहिले कोरोना सङ्क्रमण पोजेटिभ थियो गत १५ गते पुनः गरिएको स्बाव परीक्षणको रिर्पोट आइनसकेको स्वास्थ्य कार्यालय इलामका स्रोत व्यक्ति विमल बरालले बताए। श्रीमतीको हर्टअट्याकका कारण मृत्यु भएको बताइएको छ।