logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

घुस लिएको आरोपमा इन्जिनियविरुद्ध भ्रष्टाचार मुद्दा


अंकुरण खबर
1.391K
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा नुवाकोटको बेलकोटगढी नगरपालिकामा कार्यरत इन्जिनियर (करार) पर्वत पौडेलविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

अदुवाबारी खानेपानी योजनाको अन्तिम बजेट निकासा र निर्माण सम्पन्न घरको घर निर्माण स्थायी इजाजत पत्र दिएबापत ७५ हजार रुपैयाँ घुस लिएको आरोपमा उनीविरुद्ध अख्तियारले बुधबार मुद्दा दायर गरेको हो ।

आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार इन्जिनियर पौडेलले उक्त रकम होटल व्यवसायी नारायणप्रसाद भट्टमार्फत लिन लगाएको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले दुवै जनालाई पक्राउ गरेको थियो ।

अनुसन्धानको क्रममा इन्जिनियर पौडेलले उक्त रकम घुस लिएको तथ्य पुष्टि हुन आएकोले उनीविरुद्ध मुद्दा दायर गरिएको प्रवक्ता अधिकारीले बताए ।