नेपालमा थप १४९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बुधबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १४९० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै कोरोना संक्रमितको संख्या २ लाख ३६ हजार २४६ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार १५६७ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै अहिलेसम्म २ लाख १८ हजार १६१ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १५२८ पुगेको छ ।