काठमाडौं उपत्यकामा थप ७२३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ५३१ जना, भक्तपुरमा ५८ जना र ललितपुरमा ६१ जना नयाँ कोरोना संक्रमित थपिएका हुन्।
यस्तै, बुधबार नेपालमा थप १४९० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या २ लाख ३६ हजार २४६ पुगेको छ ।