देशभर ६४ जना कोरोना संक्रमितको अवस्था गम्भीर रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारसम्म ६४ जना गम्भीर अवस्थामा भेन्टिलेटरमा उपचाररत छन् भने ३६५ जना संक्रमित आईसीयूमा उपचाररत छन् ।
मन्त्रालयका अनुसार आईसीयू तथा भेन्टिलेटरमा उपचाररतमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा १४४ जना आईसीयू र ३४ जना भेन्टिलेटरमा उपचाररत छन् ।
त्यस्तै प्रदेश १ मा ३२ जना आईसीयू र ११ जना भेन्टिलेटरमा, प्रदेश २ मा सात जना आईसीयूमा र दुई जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ९४ आईसीयू र १२ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयको तथ्यांक छ ।
लुम्बिनी प्रदेशमा ७२ जना आईसीयूमा र तीन जना भेन्टिलेटरमा उपचाररत छन् भने कर्णाली प्रदेशमा नौ जना आईसीयूमा र सुदूरपश्चिममा सात जना आईसीयू र दुई जना भेन्टिलेटरमा उपचाररत छन् ।
नेपालमा दुई लाख ३६ हजार दुई सय ४६ जना कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् भने दुई लाख १८ हजार १६१ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुने ९२।३ प्रतिशत छन् ।