logo
  • मङ्लबार, कार्तिक २५, २०८३ / Tuesday, Nov, 10 ,2026

सरकारले नखोल्न भनेका सेवाहरु अझै १५ दिन बन्द हुने


अंकुरण खबर
806
Shares

सरकारले नखोल्न भनेका सेवा तथा स्थानहरु अझै १५ दिन खोल्न नपाइने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्गर गौतमले आगामी १५ दिनको कोरोना संक्रमणको अवस्था हेरेर मात्रै हालसम्म जारी जनस्वास्थ्यका मापदण्डका विषयमा पुनरावलोकन गर्ने बताएका छन्।

सिनेमा हल, रात्रीकालीन व्यवसाय, सभा सम्मेलन, भिडभाड हुने स्थानहरु र जनस्वास्थ्यका मापदण्ड उल्लंघन हुने खालका संस्था तथा व्यवसाय नखोल्न मन्त्रालयले निर्देशन दिएको हो।

मंसिरपछि विद्यालय खोल्दा थोरै विद्यार्थी भएका ठाउँबाट मात्रै जनस्वास्थ्यका मापदण्ड अवलम्बन गरी खोल्न पाउने मन्त्रालयले जनाएको छ।

जसका लागि स्वास्थ्य सेवा विभागको समन्वयमा कोभिड-१९ संकट व्यवस्थापन केन्द्रलाई पत्र लेखी पठाउनुपर्नेछ।