कैलालीमा विवाहको गाडी दुर्घटना हुँदा बेहुला–बेहुलीसहित १३ जना घाइते भएका छन् ।
चालकसहितका ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
बैतडीबाट जन्ती लिएर कञ्चनपुर जाँदै गरेको भीमदत्त राजमार्ग अन्तरगत सुपप्र ०१००१ नम्बरको विङ्गर बुधबार राति कैलालीको गोदावरी नगरपालिका–४, गाइमारामा दुर्घटना भएको हो ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार दुर्घटनामा दुलाह कञ्चनपुरको बेलौरी नगरपालिका–३ का २१ वर्षीय गोबिन्द लुहार र दुलही बैतडीको दोगडाकेदार गाउँपालिकाकी १९ वर्षीया डम्मरा लुहार पनि घाइते भएका छन्।
उनीहरुको अवस्था भने खतरामुक्त रहेको प्रहरीले जनाएको छ। घाइतेहरुको अत्तरियास्थित पद्मा अस्पताल र धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।