logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रोकिएको कोरिया जाने प्रक्रिया सुरु हुँदै : रोस्टरको अवधि ६ महिना थपिने


अंकुरण खबर
1.43K
Shares

कोरोनाका कारण कोरिया जानेहरुको रोकिएको प्रक्रिया छिट्टै सुरु हुने भएको

कोरिया लैजान रोकिएको प्रक्रिया छिट्टै सुरु गर्ने तयारी भएको जानकारी त्यहाँको श्रम मन्त्रालयले गराएको प्रवासी श्रमिक युनियन एमटीयूका अध्यक्ष उदय राईले बताएका हुन्

प्रवासी श्रमिक युनियन एमटीयू केसीटीयूले कोरियाको रोजगार तथा श्रम मन्त्रालय प्रवासी श्रमिक विभागका निर्देशकलगायतसँग कोरियामा ईपीएसअन्तर्गत प्रवासी श्रमिकका बारेमा छलफल तथा रोकिएका सम्पूर्ण प्रक्रिया सञ्चालन गरी कोरोना महामारीको कारणले प्रवेशमा रोक लगाएको श्रमिकको प्रवेश गराउने बारेमा छलफल गरेका छन्

कोरियाली भाषा पास गरेर कोरिया जाने पर्खाइमा बस्नेको दुई वर्षे रोस्टरको समयावधि सकिन लागेका बेला महिना थप्ने निर्णय पनि भएको कोभिड१९ का कारण कोरिया प्रवेशमा कडाइ नेपालमा लकडाउन भएसँगै रोजगार अनुमति प्रणाली ईपीएस माध्यमबाट कोरिया जानेहरुको सम्पूर्ण प्रक्रियासमेत स्थगन भएको थियो

सन् २०२० को ५६ हजार कोटामध्ये ३३ हजार १०० अनुमतिपत्र जारी गरिएको थियो भने अक्टोबरसम्ममा हजार ७४ जना मात्र नयाँ प्रवासी मजदुर कोरिया प्रवेश गरेका छन्