logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौंमा गरिएको एन्टिजेन विधि स्वाब परीक्षणमा आठ प्रतिशतलाई संक्रमण


अंकुरण खबर
741
Shares

काठमाडौं उपत्यकामा समुदायस्तरमा एन्टिजेन विधिबाट स्वाब परीक्षण गरिएकामध्ये आठ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ ।

दुई दिनमा १ हजार ५ सय ५ जनाको स्वाब सकलन गरी एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय १५ जनामा संक्रमण पुष्टि भएको हो । सोमबार ७ सय २० जनाको परीक्षण गरिएकामा ४३ जना र बुधबार ७ सय ८५ जनाको परीक्षण गर्दा ७२ जनाको रिपोर्ट पोजिटिभ आएको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

कोरोना भाइरस संक्रमणको पहिचान गर्न पीसीआर विधि मात्र भएको अवस्थामा कम लागत र कम समयमा एन्टिजेन परीक्षण अघि इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

सोमबार एन्टिजेन परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आउने ४३ जनाको पीसीआर परीक्षण पनि गरिएको थियो । त्यसमा पनि सबैको रिपोर्ट पोजिटिभ नै आएको महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा कोरोना हटस्पट मानिएका क्षेत्रका समुदायमा कोराना संक्रमणको अवस्था पत्ता लगाउन एन्टिजेन विधिबाट परीक्षण गर्दा संक्रमण न्युन देखिएको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निष्कर्ष छ ।

अहिले पीसीआर परीक्षण गर्दा भेटिएका मुलुकभरका संक्रमितमध्ये ४० प्रतिशतभन्दा बढी काठमाडौं उपत्यकामा छन ।