??????
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन्।
बालुवाटारबाट शीतल निवास पुगेर ओलीले राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन्। नेकपाको विवादलाई लिएर कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितले आफूलाई घेराबन्दी गरेको पृष्ठभूमिमा ओलीले राष्ट्रपतिलाई भेटेका हुन्।
ओलीको सचिवालयले यो भेटलाई नियमित भनेको छ। बहुमतका नाममा आफूविरुद्ध षडयन्त्र गरेको भन्दै ओली बुधबार बसेको सचिवालय बैठकमा सहभागी भएनन्। उनले महाधिवेशन नभएसम्म बहुमत-अल्पमतको खेल गर्न नहुने अडान लिएका छन्।
आज मन्त्रिपरिषद्को बैठक बस्दैछ। बैठक बेलुकी ४ बजेका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको छ । मन्त्रिपरिषद्को नियमित बैठक बस्नु अघि प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका हुन् ।