काठमाडौं उपत्यकामा थप ५६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ४५५ जना, भक्तपुरमा २६ जना र ललितपुरमा ८० जना नयाँ कोरोना संक्रमित थपिएका हुन्।
यस्तै, आज नेपालमा थप १३४३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या २ लाख ३७ हजार ५८९ पुगेको छ ।