logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बारबर्दिया नगरपालिकामा नेपालमै पहिलो सिकलसेल उपचार केन्द्रको स्थापना


अंकुरण खबर
780
Shares

बर्दियाको बारबर्दिया नगरपालिकामा नेपालमै पहिलो सिकलसेल उपचार केन्द्रको स्थापना गरिने भएको छ । नगरपालिका प्रमुख दुर्गाबहादुर थारु(कबिर)ले देश कै पहिलो सिकलसेल उपचार गर्ने अस्पताल निर्माणको सिलान्यास गरेका छन् ।

एक वर्षमा निर्माण सम्पन्न गर्ने गरि नगरपालिकाको करिब चार करोड ३३ लाख ५० हजार लागतमा सिकलसेल उपचार केन्द्रको भवन निर्माण हुन लागेको हो । सिकलसेल उपचार कै लागि स्थापना गर्न लागिएको सिकलसेलको मात्र उपचार हुने यो अस्पताल नेपाल कै पहिलो  भएको नगरपालिकाले दावी गरेको छ ।

सिकल सेल रोग पश्चिम नेपालका थारु समुदायमा देखिएको वंशाणुगत रोग हो । थारुहरुको बाहुल्यता रहेकोले सिकलसेलका रोगीहरुलाई सहज उपचार गर्न सहज होस भने उपचार केन्द्रको स्थापना गरिएको नगरपालिकाले जनाएको छ । उपचार केन्द्र सञ्चालनमा आएपछि थारु लगाएतका जातीहरुले जुनसुकै समयमा सिकलसेल पहिचानको लागि रगत जाँच गराउन सक्नेछन् भने सिकलसेल रोग पत्ता लागेमा उपचार पनि गराउन सक्ने बारबर्दिया नगरपालिकाले जनाएको छ ।