logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जो बाइडेनद्धारा सबै अमेरिकीलाई एक सय दिन मास्क लगाउन आग्रह


अंकुरण खबर
741
Shares

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनले सबै अमेरिकीलाई एक सय दिन मास्क लगाउन आग्रह गर्ने बताएका छन् ।

आफ्नो कार्यकालको पहिलो सय दिन सबै अमेरिकीलाई मास्क लगाएर सहयोग गरिदिन आग्रह गर्ने उनले बताएका हुन । बाइडेनले सिएनएनसँगको कुराकानीमा हरेक अमेरिकीले मास्क लगाएमा कोरोना भाइरसको संक्रमण उल्लेख्य मात्रामा कम हुने विश्वास व्यक्त गरेका हुन ।

सबै सरकारी भवनहरुमा मास्क अनिर्वाय गर्ने पनि उनले बताएका छन् । अमेरिकी राष्ट्रपतिसँग अमेरिकीलाई मास्क लगाउन आदेश दिने कानूनी अधिकार छैन । तर बाइडेनले आफू र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले मास्क लगाएर उदहारण प्रस्तुत गर्ने बताएका छन ।

नोभेम्बर तीनमा भएको चुनावमा विजयी भएका बाइडेनले जनवरी २० मा अमेरिकाको ४६ औँ राष्ट्रपतिका रुपमा शपथ लिदैछन । कोरोना भाइरसवाट सबैभन्दा बढी प्रभावित अमेरिकामा एक करोड ४१ लाख २२ हजार भन्दा बढिमा संक्रमण पुष्टि भएको छ । दुई लाख ७६ हजार भन्दा धेरैको मृत्यु भएको छ । एजेन्सी