logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लमजुङमा ९७ वर्षीय संक्रमित वृद्धको मृत्यु


अंकुरण खबर
806
Shares

लमजुङमा पहिलोपटक कोरोना संक्रमणबाट ९७ वर्षीय  वृद्धको भएको छ।

बेंसीशहर नगरपालिका–९ का वृद्धको बिहिबार साँझ मृत्यु भएको लमजुङ अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले जानकारी दिए।

उनलाई १७ गते कोरोना पुष्टि भएको थियो । उनी होम आइसोलेसनमा बसेका थिए । स्वास्थ्यमा समस्या भएपछि हिजो अस्पताल भर्ना भएका थिए ।

स्वास्थ्य मन्त्रालयका तथ्यांक अनुसार लमजुङका ५ कोरोना संक्रमितको मृत्यु भएको छ । ९४ जना उपचाररत, ७ सय ८८ संक्रमणमुक्त र कुल संक्रमित ८ सय ८६ छन्।