हालसम्म निःशुल्क रहेको अन्तर बैंक एटिएम कारोबारमा (आजबाट ) अब शुल्क तोकिने भएको छ ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै उक्त व्यवस्था गरेको हो ।
राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले समीक्षा सार्वजनिक गर्दै बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली संचालकहरुले विद्युतीय भुक्तानी सेवा प्रदान गरेवापत ग्राहकहरुबाट लिने सेवा शुल्क सम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिने बताए ।