दश किलो चरेससहित बैतडीमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बझाङको बुङ्गल नगरपालिका–९ बस्ने ३० वर्षीय मानबहादुर धानुक रहेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
धानुकलाई विशेष सुराकीको आधारमा सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान समूह (आरआइटी) र जिल्ला प्रहरी कार्यालय बैतडीको संयुक्त टोलीले गए राति ११ बजे पक्राउ गरेको हो ।
पक्राउ परेका धानुकलाई जिल्ला ल्याएर घटनाको थप अनुसन्धान गर्ने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।