कोरोना भाइरसको संक्रमणबाट २६ वर्षीय युवकको मृत्यु भएको छ।
दाङको तुलसीपुर उपमहानगरपालिका १६ का २६ वर्षीय युवककको गएराति १२ः१० बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा मृत्यु भएको हो ।
उनलाई मंसिर १० गते कोरोना संक्रमण भएको थियो। स्वास्थ्यमा समस्या आएपछि उनलाई त्यही दिन अस्पताल भर्ना गरिएको थियो।
उनलाई ज्वरोसँगै श्वासप्रश्वासमा समस्या देखिएको अस्पतालले जनाएको छ।