कास्कीमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।
पोखरा महानगरपालिका–८ की ६६ वर्षीया महिलाको उपचारका क्रममा शुक्रबार चरक मेमोरियल अस्पतालमा मृत्यु भएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए।
उनका अनुसार ती महिलामा मंसिर १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो। योसँगै कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या १६३ पुगेको छ।