logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कपिलवस्तुमा घूससहित हवल्दार पक्राउ


अंकुरण खबर
1.378K
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित कार्यालयले ३५ हजार घूस रकमसहित सशस्त्र प्रहरीका प्रहरी सहायक हवल्दार लिलबहादुर गुरुङलाई शुक्रबार पक्राउ गरेको छ ।

घूस मागेको उजुरीका आधारमा आयोगको बुटवल कार्यालबाट खटिएको टोलीले सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट कृष्णनगरमा घरायसी सामान ओसारपसारमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट घूस लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।

उनलाई कपिलवस्तुको कृष्णनगर नगरपालिका-२ गोलघरस्थित मिलन रेष्टुरेन्ट एन्ड दुर्गा गेष्ट हाउसबाट रकमसहित पक्राउ गरिएको आयोगको कार्यालय बुटवलका सूचना अधिकारी सुरेश भुसालले बताए । थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।