logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा थप १२७२ जनामा कोरोना संक्रमण, १५७५ जना डिस्चार्ज


अंकुरण खबर
1.183K
Shares

नेपालमा थप १२७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

शुक्रबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १२७२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै कोरोना संक्रमितको संख्या २ लाख ३८ हजार ८६१ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार १५७५ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्। योसँगै अहिलेसम्म २ लाख २१ हजार ८४७ जना संक्रमणमुक्त भएका छन्।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १५६७ पुगेको छ।