पछिल्लो २४ घन्टामा देशभर १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
योसँगै अहिलेसम्म नेपालमा १ हजार ५ सय ६७ जना संक्रमितको मृत्यु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आज १ हजार २ सय ७२ जना कोरोना संक्रमित थपिएसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ३८ हजार ८ सय ६१ पुगेको छ।