काठमाडौं उपत्यकामा थप ६०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ४४० जना, भक्तपुरमा ४१ जना र ललितपुरमा १२५ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।
यस्तै, शुक्रबार नेपालमा थप १२७२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या २ लाख ३८ हजार ८६१ पुगेको छ ।