logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

देशभर १० हजार ३ सय ९४ जना संक्रमित होम आइसोलेसनमा


अंकुरण खबर
1.261K
Shares

आज देशभर १० हजार भन्दा बढी कोरेना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।

शुक्रबार १५ हजार ४ सय ४७ जना संक्रिय संक्रमितमध्ये १० हजार ३ सय ९४ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै संक्रमित बाग्मती प्रदेशमा ५ हजार ९ सय ७४ जना होम आइसोलेसनमा छन् ।

त्यस्तै प्रदेश १ मा  १७७५, प्रदेश २ मा २४२, लुम्बिनी प्रदेशमा ४५९, सुदूरपश्चिम प्रदेशमा ५५८, गण्डकी प्रदेशमा ४५९ र कर्णाली प्रदेशमा ८४ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।