
काठमाडौं उपत्यकामा थप ४६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ३७९ जना, भक्तपुरमा १६ जना र ललितपुरमा ६५ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।
यस्तै, शनिबार नेपालमा थप १०२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ ।

Comment here